Rule 120
विभागीय जाँचबुझ गराउनु नपर्ने
: नियम ११८ को उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि       देहायको अवस्थामा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले विभागीय सजाय गर्ने सम्बन्धमा जाँचबुझ गराई रहनु पर्ने छैन :–
(क)   नियम ११० को खण्ड (क) बमोजिमको सामान्य सजाय गर्नु परेमा,
(ख)   भागी पत्ता नलागेको वा अरु कुनै कारणले सम्पर्क स्थापित गर्न असम्भव भएको सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा,
(ग)   ऐनको दफा २७ बमोजिम अपराध गरेको ठहरिएमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर भएको आधारमा कुनै सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा ।